बैशाख २४, २०८१, सोमबार
               

अमेरिकी विदेशमन्त्री क्वारेन्टाइनमा

एजेन्सी
पुस ०२, २०७७

ADVERTISEMENT

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ क्वारेन्टाइनमा बसेको त्यहाँको विदेश मन्त्रालयले जनाएको छ ।कोराेना भाइरस (कोभिड-१९) का संक्रमितसँग सम्पर्क भएपछि उनलाई पनि कोभिडको संक्रमण हुनसक्ने आशंकामा उनी क्वारेन्टाइनमा बसेका हुन् ।  

बुधबार विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ– विदेशमन्त्री पोम्पेओ कोही कोभिड-१९ संक्रमितको सम्पर्कमा आएको थाहा भएकोले उनी क्वारेन्टाइनमा बस्नेछन् र ती संक्रमित व्यक्तिको पहिचान उनको गोपनीयताको अधिकारका कारण भनिएको छैन ।

उनको तत्काल गरिएको परीक्षणमा रिपोर्ट भने नेगेटिभ आएको छ तर पनि सिडीसीको मापदण्डअनुसार कुनै संक्रमित व्यक्तिको सम्पर्कमा आएपछि क्वारेन्टाइनमा बस्नुपर्ने भएकोले उनी क्वारेन्टाइनमा बस्नुुपर्ने भएको विज्ञप्तिमा जनाइएको छ ।

उनी चिकित्सकको प्रत्यक्ष निगरानीमा रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि