बैशाख २४, २०८१, सोमबार
               

विवादित एमसिसी श्रीलंकाबाट फिर्ता, सार्वभौमिकता खुम्च्याउने तर्क

नेपाल फ्ल्यास
पुस ०२, २०७७

ADVERTISEMENT

अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) श्रीलंकाबाट फिर्ता भएको छ ।

नेपालमा जस्तै श्रीलंकामा पनि एमसीसी परियोजना विवादमा परेको थियो । श्रीलंकामा एससीसीले ४८ करोड अमेरिकी डलर अनुदान दिने जनाएको थियो । जसमा यातायात पूर्वाधार स्तरोन्नति र भूमी सुधार गर्ने परियोजना थिए ।

अमेरिकाको वासिङ्टनमा मंगलबार भएको बोर्ड अफ डाइरेक्टर्सको त्रैमासिक बैठकले श्रीलंकासँगको प्रस्तावित सम्झौतालाई निरन्तरता नदिने निर्णय गरेको हो ।

एमसीसीले सन् २०१९ अप्रिलमा श्रीलंकालाई पाँच वर्षे कार्यक्रमअन्तर्गत ४८ करोड अमेरिकी डलर दिने जनाए पनि श्रीलंकाली सरकारले त्यसमा हस्ताक्षर गरेको थिएन । 

परियोजना सन् २०१६ मै छनोट भएको थियो तर अघि बढ्न सकेको थिएन ।

यसअघिको श्रीलंकाली सरकार एमसीसीका पक्षमा थियो भने सन् २०१९ मा सत्तामा पुगेका गोताबाया राजापाक्षे भने विपक्षमा थिए । त्यस विषयमा विस्तृत अध्ययन गर्न उनले स्वतन्त्र कार्यदल बनाएका थिए ।

कार्यदलले गत जनवरीमा सम्झौता अस्वीकार गर्न सिफारिस गरेको थियो । त्यसैलाई मान्दै सरकारले सम्झौतामा हस्ताक्षर गरेको थिएन । त्यहाँका एमसीसी विरोधी वर्गले श्रीलंकाको सार्वभौमिकता खुम्च्याउने तर्क गरेको थियो । 

अक्टोबर अन्तिम साता अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले श्रीलंका भ्रमण गर्दा एमसिसीबारे श्रीलंकाली अधिकारीसँग छलफल गरेका थिए । त्यस क्रममा उनले चीनले श्रीलंकामा खराब सम्झौता गरेको र कानुनविहीनता ल्याएको आरोप लगाएका थिए ।

एसीसीको मंगलबार बसेको बैठकले सियरा लियोनमा पाँच वर्ष परियोजनाका लागि अनुदान दिने निर्णय गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि