जेठ ०६, २०८१, आइतबार
               

कोरोना भाइरसले रुप फेर्‍यो, अझ तीव्रगतिमा फैलिने स‌ंकेत

नेपाल फ्ल्यास
पुस ०२, २०७७

ADVERTISEMENT

काठमाडाैं । बेलायतको केही भागमा कोरोना भाइरसको एक नयाँ प्रकार पाइएको छ, जो तीव्र गतिमा फैलिरहेको छ । 

बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले कम्तीमा ६० अलग–अलग स्थानीय प्रशासनले यस नयाँ प्रकारको कोभिड सङ्क्रमण भेटिएको जानकारी दिएको बताए ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यसलाई जानकारी लिएको र बेलायती वैज्ञानिकले यसबारेमा विस्तृत अध्ययन गरिरहेको उनले बताएका छन् । 

यो नयाँ प्रकारको सङ्क्रमण अझ फैलिन सक्ने र खोपले पनि यसलाई काम नगर्ने हुन सक्ने मन्त्रीको भनाइ छ । 

उनले पछिल्लो हप्ता लन्डन, केन्ट एसेक्स र हर्टफोर्डशायरका क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिरहेकोबारे सदनलाई जानकारी दिएका छन् । 

‘अहिले हामीले भाइरसको यो नयाँ प्रकारको एक हजारभन्दा धेरै मामिला (केस) प्राप्त गरेका छौँ र विशेषगरी बेलायतको दक्षिणी भागबाट धेरै केस प्राप्त भएको छ । यो मामिला ६० अलग–अलग क्षेत्रमा पाइएको छ’, उनले भने।

यो सम्भावित खतरालाई ध्यानमा राख्दै बेलायतमा अहिलेसम्मकै सबैभन्दा कडा लकडाउन लगाउने घोषणा गरिएको छ । लण्डन, एसेक्स र हर्टफोर्डशायरको केही भागमा भोलि (बुधबार) देखि नयाँ नियम लागू हुनेछ । 

यस अवधिमा रेस्टुरेन्ट बन्द रहनेछ, मात्र टेकअवे र डेलिभरी चल्नेछ । यसका साथै थिएटर, सिनेमा हललगायतका क्षेत्र पनि बन्द रहनेछ । 

भाइरसमा आएको परिवर्तन त्यसमा रहेको स्पाइक प्रोटिनसँग जोडिएको हुन्छ । यो भाइरसको त्यो हिस्सा हो, जसले कोषिकालाई सङ्क्रमित गर्न मद्दत गर्छ र कोरोना भाइरसको खोप यसैलाई मध्यनजर गर्दै तयार गरिएको छ ।  

बर्मिङघम विश्वविद्यालयमा विशेषज्ञ फ्रोफेसर एलन म्याकनलीले बीबीसीसँग भभने, ‘हामीलाई धेरै चिन्तित हुनुपर्ने आवश्यक छैन । यसको मतलब यो निकै सङ्क्रामक या खतरनाक छैन भन्ने होइन, हामीले यसमाथि ध्यान राख्नुपर्छ ।’ 

भाइरसको यो नयाँ प्रकारलाई बुझ्न ठूलो स्तरमा कोसिस भइरहेको उनले बताए ।   


कस्तो लाग्यो ?

यो पनि