जेठ ०६, २०८१, आइतबार
               

सिंगापुरका झन्डै ५० प्रतिशत आप्रवासी कामदार संक्रमित

नेपाल फ्ल्यास
पुस ०२, २०७७

ADVERTISEMENT

सिंगापुर सिटी । सिंगापुरको एक मानवअधिकारवादी समूहले विगत नौ महिनाको अवधिभित्र झन्डै ५० प्रतिशत सिंगापुरका आप्रवासी कामदारमा कोभिड-१९ संक्रमण देखिएको दाबी गरेको छ ।

पछिल्लो सरकारी तथ्यांकका अनुसार हाल त्यहाँ १ लाख ५२ हजार विदेशी कामदार अर्थात् ४७ प्रतिशत कोरोना भाइरस संक्रमित रहेका छन् ।

तुलनात्मकरूपमा भन्ने हो भने महामारी शुरू भएयता लन्डनको जनसंख्याको ११ प्रतिशत मात्र संक्रमित हुन पुगेका छन् । त्यसैगरी, कामदारहरूलाई गणना नगर्ने हो भने सिंगापुरभरि ४ हजारभन्दा कम व्यक्तिलाई मात्र कोरोना भाइरस लागेको छ । 

अधिकाशं पुरुष कामदारहरू ठूलो संख्यामा एउटै आवासमा रहने र कोठामा धेरैजना कोचिएर बस्ने हुनाले गत अप्रिलमा महामारीले विस्फोटको रूप लिएयता सबैभन्दा बढी क्वारेन्टाइनमा बस्नेमा यी आप्रवासी कामदार नै रहेका छन् ।

कम ज्यालामा काम गर्न सिंगापुरमा दक्षिण एसियाबाट कामदारहरू आउने गरेका छन् । तिनीहरू निर्माण तथा उत्पादन क्षेत्रमा काम गर्ने गर्छन् । 
ती संक्रमित कामदारहरूमाथि सामान्य आवत-जावतमाथि समेत प्रतिबन्ध लगाइएको छ । सो बन्देज आगामी वर्ष मात्र हटाइने बताइएको छ ।   


 


कस्तो लाग्यो ?

यो पनि