जेठ ०६, २०८१, आइतबार
               

क्रिसमस मनाउँदा मास्क लगाउनू : डब्लुएचओ

नेपाल फ्ल्यास
पुस ०१, २०७७

ADVERTISEMENT

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले क्रिसमस मनाउने क्रममा हुने भीडभाडका बेला अनिवार्य मास्क लगाउन सबैलाई आह्वान गरेको छ । 

क्रिसमस मनाउनेको सङ्ख्या युरोपमा धेरै भएकाले संगठनको युरोप कार्यालयले विशेष गरेर युरोप क्षेत्रमा रहेकाहरूलाई मास्क लगाउन आह्वान गरेको हो । संगठनले बुधबार जारी गरेको अपिलमा भविष्यको पुनःउत्थानलाई ध्यान दिँदै नयाँ वर्ष २०२१ मा कोरोना महामारीको न्यूनीकरण हुने वातावरण बनाउन पनि आग्रह गरिएको छ ।

विगतमा खुल्ला रुपमा क्रिसमस मनाउन पाइएको भए पनि यस वर्षको क्रिसमस भने मास्क पहिरेर मनाउन संगठनले विशेष जोड गरेको छ । क्रिसमस मनाउने क्रममा हेलचक्रयाइँ गरियो भने युरोपभरी नै कोरोनाभाइरसको महामारी फेरि अझ बढ्ने खतरा भएको तर्फ चिन्ता व्यक्त गरिएको छ । 

संयुक्त राष्ट्रसंघअन्तर्गतको स्वास्थ्यसम्वन्धी यस निकायले नयाँ वर्ष सन् २०२१ को पहिलो हप्ता र पहिलो महिना कोरोना महामारीको दृष्टिकोणले उच्च जोखिमको समय हुनसक्ने उल्लेख गरेको छ । उच्च जोखिमको बेलामा उच्च सतर्कता अपनाउनु पर्ने र सँगसगै काम गर्नुपर्ने तर्फ पनि संगठनले सवैको ध्यानाकर्षण गराएको छ । “

हरेक व्यक्ति व्यक्तिको सतर्कताले समुदायलाई सुरक्षित बनाउन सकिने भएकाले हरेकले सावधानी अपनाउनुपर्नेमा संगठनले जोड दिएको छ ।  बिदा वा चाडपर्व मनाउन सामान्य होसियार भए मात्रै पनि ठूलो समस्या र ठूलो क्षतिबाट मुक्त भइने भएकाले संवेदनशील हुन पनि विश्व स्वास्थ्य संगठनले सवैलाई अनुरोध गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि