जेठ ०६, २०८१, आइतबार
               

क्यानाडामा डिसेम्बरभित्र साढे दुई लाख खोप भित्र्याउने अपेक्षा

नेपाल फ्ल्यास
मंसिर ३०, २०७७

ADVERTISEMENT

एजेन्सी । कोरोना विरुद्धको फाइजर–बायोएनटेक खोप क्यानाडामा पनि लगाउने तयारी भएको छ ।

पहिलो चरणको खोप आइतवार स्वदेश भित्रिएको प्रधानमन्त्री जस्टिन ट्रुडोले जानकारी दिए ।

सामाजिक सञ्जाल ट्वीटरमा उनले लेख्नेका छन्, ‘फाइजर–बायोएनटेकको कोरोनाविरुद्धको खोपको पहिलो चरणको आयात गरिएको छ ।’

उनले गत बिहीबार पहिलो चरणमा तीस हजार मात्रा खोप केही दिनमै स्वदेश भित्र्याइने जानकारी दिए । त्यसअघि क्यानाडाको स्वास्थ्यसम्वन्धी नियमक निकायले सो खोप ल्याउनु उपयुक्त हुने निश्कर्ष निकाल्दै खोप ल्याउन अनुमति दिएको थियो ।

खोप ल्याउनका लागि आवश्यक बजेटको व्यवस्था पनि क्यानाडाको केन्द्रीय सरकारले नै गरेको उनले बताए ।

क्यानाडाले यो डिसेम्बर महिना भित्रमा दुई लाख ४९ हजारभन्दा बढी खोप स्वदेश भित्र्याउने अपेक्षा गरेको छ । सो मात्राको खोपले एक लाख २४ हजार ५०० नागरिकलाई यसै बर्षमा सेवा दिने क्यानडा सरकारको योजना छ ।


कस्तो लाग्यो ?

यो पनि