जेठ ०६, २०८१, आइतबार
               

डुङ्गा दुर्घटना हुँदा १४ जनाको मृत्यु

नेपाल फ्ल्यास
मंसिर २९, २०७७

ADVERTISEMENT

त्रिनिदाद र टोबागोका लागि प्रवासी बोकेका एक जहाज दुर्घटना हुँदा कम्तीमा १४ व्यक्तिको मृत्यु भएको भेनेजुएला सरकारले आइतबार जानकारी दिएको छ । 

भेनुजुएला सरकारले प्रकाशित गरेको एक विज्ञप्तिमा ११ ओटा शव तटीय गार्डले शनिबार दिउँसो फेला पारेको जनाइएको छ । आज पनि दुई वयस्क एक महिलाको शव भेटिएको र यसैसँगै यस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुगेको हो ।  

त्रिनिदादियन तटरक्षक दलले शनिबार भेनेजुएलाका अधिकारीहरूलाई भेरेजुएलाको तटीय सहर गुइरियाको नजिकैको पानीमा ११ जनाको लास फेला परेको जनाइएको छ ।  एक प्रहरीले दिएको प्रतिवेदनअनुसार शवहरू गह्रौं छालबाट आफूलाई बचाउँने क्रममा जोडिएका जस्तो देखिएको  छ । 

सन् २०१८ र २०१९ गुरिआबाट त्रिनिदादको खतरनाक यात्राको क्रममा करिब १०० व्यक्ति बेपत्ता भएका थिए । 


कस्तो लाग्यो ?

यो पनि