जेठ ०६, २०८१, आइतबार
               

कोरोना संक्रमणबाट एस्वाटिनीका प्रधानमन्त्रीको निधन

नेपाल फ्ल्यास
मंसिर २९, २०७७

ADVERTISEMENT

काठमाडौं । अफ्रिकी देश एजवाटिनीका प्रधानमन्त्री एमब्रोसी ड्लामिनीको कोरोना संक्रमणका कारण निधन भएको छ।

चार हप्तापहिले कोरोना भाइरसबाट संक्रमित भएका ५२ वर्षीय प्रधानमन्त्री ड्लामिनीको आइतबार दक्षिण आफ्रिकाको एक अस्पतालमा निधन भएको हो । कोरोना संक्रमित भएपछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो । 

त्यसपछि उनलाई छिमेकी देश दक्षिण अफ्रिकामा उपचारका लागि लगिएको थियो । उनको त्यहीँ  निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनी सन् २०१८ को नोभेम्बरमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । अफ्रिकाको दक्षिण क्षेत्रमा रहेको झण्डै १२ लाख जनसंख्या युक्त देश एजवाटिनीमा अहिलेसम्म ६ हजार ७६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ र १२७ जनाको कोभिड–१९ का कारण निधन भएको छ ।


कस्तो लाग्यो ?

यो पनि