बैशाख ३१, २०८१, सोमबार
               

जापानमा एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित

एजेन्सी
मंसिर २८, २०७७

ADVERTISEMENT

जापानमा पछिल्लो समयमा कोरोना भाइरसको समस्या बढ्दै गएको देखिएको छ । जापानमा शनिबार एकैदिन अहिलेसम्मकै धेरै संक्रमितहरु थपिएका बताइएको छ ।

जापानको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो । उक्त मन्त्रालयका अनुसार यहाँ शनिबार एकै दिनमा कम्तीमा पनि तीन हजार जना संक्रमित थपिएका छन् ।

जापानको राजधानी टोकियोमा शनिबार अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको जानकारी गराइएको हो । सबैभन्दा बढी टोकियो र त्यसपछि अरु केही जिल्लामा यो संख्याका संक्रमित भेटिएका बताइएको छ ।

योसँगै जापानमा अहिलेसम्म संक्रमण हुने व्यक्तिको संख्या ४६ हजारभन्दा बढी पुगेको छ । यहाँ शनिबार टोकियोमा ६२१ ज्ना संक्रमित भेटिएका थिए ।

पछिल्लो समयमा यहाँ संक्रमितहरु बढ्दै गएपछि राजधानी टोकियोका होटल रेष्टुरेन्ट तथा बढी भिडभाड हुने स्थानहरुमा मानिसहरुको सार्वजनिक आवतजावत रोकिएको छ ।

यहाँको सरकारले आन्तरिक यातायात सेवा भने नरोक्ने जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि