जेठ ०६, २०८१, आइतबार
               

इटलीका गृहमन्त्री कोरोना संक्रमित भएको तथ्य गलत सावित

नेपाल फ्ल्यास
मंसिर २७, २०७७

ADVERTISEMENT

रोम । इटलीका गृहमन्त्री कोरोना भाइरसबाट संक्रमित भएको भनिएकोमा अहिले आएर गलत सावित भएको छ । यसै हप्ताको सुरुमा उनलाई कोरोना परीक्षण गर्दा संक्रमण देखिएको भनिएकोमा त्यो सही नभएको सरकारी अधिकारीहरुले शुक्रबार जनाएका हुन् । 

‘उहाँलाई गत सोमबार लुकिना लमोर्गेसमा पिसिआर टेष्ट गर्दा कोरोना भाइरसबाट संक्रमण भएको देखाइएको थियो , तर अहिले त्यो विवरण गलत रहेछ भन्ने देखिएको छ,’ सरकारी अधिकारीहरुले भनेका छन् । 

पहिलो परीक्षण सोमबार गरेपछि बुधबार र बिहीबार दुई दिन फेरि परीक्षण गर्दा भने संक्रमण नदेखिएको हो । ‘संक्रमण पुष्टि भएको तीन, चार दिनमा नै फेरि संक्रमण नदेखिनुले उहाँलाई पहिला पनि संक्रमण भएको थिए, विवरण मात्रै झुटो देखिएको हो भन्ने निश्कर्ष निकालिएको छ,’ एक अधिकारीले भने ।  

इटलीमा यसअघि क्षेत्रीय मामिला मन्त्री फ्रान्सेस्को बोकियालाई अक्टोबरमा कोरोना भाइरसको संक्रमण भएको थियो । कोरोना भाइरसको महामारीबाट अत्यन्त धेरै प्रभावित भएको मुलुकमा पर्ने इटलीमा कोरोना भाइरसबाट संक्रमित भएर अहिलेसम्म ६२ हजारभन्दा बढीको मृत्यु भएको छ । सरकारी अधिकारीहरुका अनुसार इटलीमा अहिलेसम्म झण्डै १८ लाख मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । 

यो पनि