जेठ ०६, २०८१, आइतबार
               

हवाई कारबाहीमा कम्तीमा आठ जनाको मृत्यु

एजेन्सी
मंसिर २६, २०७७

ADVERTISEMENT

अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा अफगान सेनाले गरेको हवाई कारबाहीमा परी यहाँका कम्तीमा पनि आठ जना तालिबानी मारिएका छन् ।

ती तालिबानीहरु लुकेर बसेको सूचनाका आधारमा गरिएको कारबाहीमा अरु चार जना घाइते भएका यहाँको रक्षा मन्त्रालयले जानकारी दिएको छ ।

उक्त प्रान्तको साराइयाब क्षेत्रमा तालिबानीहरु लुकेर बसेको सूचनाका आधारमा गरिएको कारबाहीमा उनीहरु मारिएका बताइएको छ ।

त्यस क्षेत्रका केही समययतादेखि उनीहरुले आतंककारी क्रियाकलाप गरेका थिए ।

पछिल्लो समयमा अफगानिस्तानको सरकार र तालिबानीबीच कतारमा वार्ता शुरु भएको भनिएको भए पनि हिंसा भने रोकिएको छैन ।

तालिबानीहरुले वार्ताका क्रममा युद्धविराम गरेको भने पनि उनीहरुले हिंसात्मक आक्रमण गर्न भने रोकेका छैनन् ।


कस्तो लाग्यो ?

यो पनि