बैशाख २६, २०८१, बुधबार
               

अमेरिकामा एकैदिन मृत्यु हुनेको संख्यामा रेकर्ड कायम

एजेन्सी
मंसिर २५, २०७७

ADVERTISEMENT

अमेरिकामा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट एकै दिन मृत्यु हुनेको संख्यामा रेकर्ड कायम भएको छ।

कोरोना भाइरसको महामारी यता पछिल्लो २४ घण्टामा अमेरिकामा तीन हजार ५४ जनाको मृत्यु भएको छ । यसअघि गत मे ७ मा दुई हजार ७६९ जनाको मृत्यु भएको थियो ।

अमेरिकाका विभिन्न अस्पतालमा हाल एक लाख ६ हजारभन्दा धेरै कोरोना संक्रमित रहेका छन् । कतिपय राज्यका अस्पतालहरु कोरोना संक्रमितले भरिएका छन् ।

अमेरिकीहरुले कोरोना भाइरसविरुद्ध तय गरिएका गाइडलाइनहरु उल्लंघन गर्ने क्रम बढ्दै गएपछि संक्रमित र मृत्यु हुनेको संख्या पनि दिनप्रतिदिन बढ्दै गएको बताइएको छ ।

अमेरिकामा हालसम्म कोरोना संक्रमणबाट दुई लाख ८९ हजार मानिसको मृत्यु भइसकेको छ । 

एक करोड ५० लाखभन्दा धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ ।


कस्तो लाग्यो ?

यो पनि