जेठ ०६, २०८१, आइतबार
               

अमेरिकामा एकैदिन २ लाख ३० हजार संक्रमित थप

नेपाल फ्ल्यास
मंसिर २१, २०७७

ADVERTISEMENT

अमेरिकामा कोरोना भाइरस संक्रमणको नयाँ रेकर्ड कायम भएको छ । संयुक्त राज्य अमेरिकाले लगातार तेस्रो दिन पनि गत  २४ घण्टामा कोरोनाभाइरसबाट २ लाख ३० हजार थप व्यक्ति  संक्रमित भएका जोन्स हप्किङ्स विश्वविद्यालयले जानकारी दिएको छ ।  

त्यसगरी गत २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २ हजार ५२७ जनाको मृत्यु भएको बाल्टिमोरआवद्ध विश्वविद्यालयले शनिबार राति ८ बजे जानकारी दिएको छ । गत वर्षको डिसेम्बरबाट चीनको हुबे प्रान्तको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसको कारण अमेरिका सबभन्दा बढी प्रभावित भएको छ । 

अमेरिका गत दुई हप्तादेखि लगातार प्रत्येक दिन कोरोना भाइरस संक्रमणको कारण २ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइरहेको जनाइएको छ ।  अमेरिकामा कोरोना भाइरस शुरु भएदेखि हालसम्म १ करोड ४६ लाख व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भने यस संक्रमणबाट २ लाख ८१ हजार व्यक्तिको मृत्यु भइसकेकाे छ । 


कस्तो लाग्यो ?

यो पनि