जेठ ०६, २०८१, आइतबार
               

कान्दाहारमा सेनाले गरेको कारबाहीमा १८ तालिबानी लडाकू मारिए

एजेन्सी
मंसिर २१, २०७७

ADVERTISEMENT

काठमाडौं । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा भएको सैनिक कारबाहीमा कम्तीमा १८ जना तालिबानी लडाकू मारिएको सेनाले जनाएको छ ।

कान्दाहार प्रान्त विद्रोही तालिबानको गढका रुपमा चिनिन्छ ।

शनिबारदेखि प्रान्तका डन्ड, जेलाई र मरुद जिल्लामा केही दिनदेखि सैनिक कारबाही जारी रहेको अफगान रक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले कारबाहीका क्रममा ठूलो मात्रामा हातहतियार र बारुदी सुरुङ समेत बरामद गरिएको बताएको छ ।


 


कस्तो लाग्यो ?

यो पनि