बैशाख २३, २०८१, आइतबार
               

कोरोनाको नियम नमानेको भन्दै सार्वजनिकस्थलमा गोली हानी हत्या

एजेन्सी
मंसिर २०, २०७७

ADVERTISEMENT

कोरोनाविरुद्धको नियम तोड्ने एक व्यक्तिलाई उत्तर कोरियामा (सार्वजनिक स्थलमै) गोली हानेर मृत्युदण्ड दिइएको छ ।

सरकारद्वारा जारी आदेश (कोरोनाको नियम) पालना नगरेको भन्दै एक व्यक्तिलाई गत नोभेम्बर २८ मा उत्तर कोरियाका फायरिङ स्क्वाडले गोली हानेका हुन् ।

कोरोनाको प्रकोपबीच चिनियाँ सीमामा तस्करी गरेको आरोपमा ती व्यक्तिलाई गोली हानिएको रेडियो फ्रि एसियाले उल्लेख गरेको छ ।

कोरोना महामारीसँगै हाल उत्तर कोरियाले चीनसँगको सीमा बन्द गरिदिएको छ । सीमामा व्यापार गर्न निषेध गरिएको छ । त्यस्तैनदीहरुमा कोरोनाको संक्रमण नपुगोस् भनेर त्यहाँ माछा मार्न समेत रोक लगाइएको छ ।

हालैमात्र उत्तर कोरियाले दुई सरकारी अधिकारीहरुलाई पनि मृत्युदण्ड दिएको थियो । ती सरकारी अधिकारीहरुले पनि कोरोनाको नियम उल्लंघन गरेको बताइएको थियो ।

उत्तर कोरियाले हालसम्म आफ्नो देशमा एक जना व्यक्तिमा पनि कोरोनाको संक्रमण नभएको दाबी गर्दै आएको छ ।


कस्तो लाग्यो ?

यो पनि