जेठ ०६, २०८१, आइतबार
               

चीनमा विषालु ग्यास चुहिँदा १८ जनाको मृत्यु

नेपाल फ्ल्यास
मंसिर २०, २०७७

ADVERTISEMENT

चीनको एक कोइलाखानीमा विषालु ग्यास चुहिँदा १८ जनाको मृत्यु भएको छ । चुङचिङस्थित ग्यास खानीमा कार्बन मनक्साइड चुहिँदा अन्य ५ जना हराइरहेका चीनको सरकारी टेलिभिजन सिसिटिभीले जानकारी दिएको छ ।

बेपत्ता भएका अर्का एक जनालाई भने जीवितै उद्धार गरिएको समाचारमा उल्लेख गरिएको छ । सिसिटिभीका अनुसार दुई महिनादेखि बन्द रहेको डियासुइडोङ नामको उक्त कोइलाखानीमा कामदारहरूले भूमिगत उपकरण फुकाल्न लाग्दै गर्दा ग्यास चुहिएको थियो। 

यसअघि गत सेप्टेम्बरमा सोही स्थानको अर्को एक खानीमा आगो लाग्दा १६ जनाले ज्यान गुमाएका थिए ।


कस्तो लाग्यो ?

यो पनि