जेठ ०६, २०८१, आइतबार
               

३ हजार वर्ष पुरानो सुनको गहना भेटियो

नेपाल फ्ल्यास
मंसिर २०, २०७७

ADVERTISEMENT

तेल अभिव (एजेन्सी) । इजरायलमा एक उत्खननका क्रममा ३ हजार बर्ष पुरानो गहना एक दुर्लभ टुक्रा प्राप्त भएको छ । सुनको गहनाको उक्त टुक्रा टेम्पल माउन्ट सिफ्टिंग प्रोजेक्टमा काम गर्ने पुरातत्वविदको टोलीमा सलंग्न ९ वर्षका केटाले भेटाएको हो । यो परियोजना १६ वर्ष पहिला २००४ मा सुरु गरिएको थियो । यसमा विश्वकै व्यावसायिक तथा सौखिन पुरातत्वविदको टोली जेरुसलमको टेम्पल माउन्टनजिकै माटोको ढिस्कोमा खोज गरिरहेका थिए ।

विगत १६ वर्षमा यस परियोजनामा पुरातत्त्वविदलाई प्राचिन मुद्रा तथा माटोका भाँडा सहित ४ हजार ८० हजार भन्दा बढी कलाकृतिहरु प्राप्त भइसकेको छ । तर यो स्थानमा सुनले बनेको कुनै बस्तुको खोज वास्तव मै दुर्लभ भएको बताइएको छ । किनभने फस्र्ट टेम्पलको कालखन्डमा इजरायलमा बहुमल्य धातु सुन व्यापक रुपमा उपलब्ध थिएन ।

यो सुनको टुक्रा एक ९ वर्षका केटाले गरेपछि पुरातत्वविदहरु उत्साहित भएका छन् । ती केटाको नाम बिन्जामिन मिल्ट हो । उनले फस्र्ट टेम्पल कालखन्डको उक्त टुक्राको खोज यसबर्षको गर्मी मौसममा गरेका थिए । यद्यपी त्यतिवेलै सुनको यो टुक्रामाथि त्यति धेरै ध्यान दिइएको थिएन ।

फस्र्ट टेम्पल समयको सुनका आभुषण सायदै कहिले कुनै पुरातत्वविदको हात परको हुन सक्ने इजरायलका एन्टिक्विटिज अथोरिटीका पुरातत्वविद डाक्टर अमिर गोलानीले बताए । त्यतिबेला चाँदीको पर्याप्त मात्रा मिसाएको सुन मात्र थियो । प्राचिन इजिप्टमा सुनलाई सुद्ध पार्ने, त्यसलाई चम्काउने र त्यसको संरक्षण गर्ने प्रविधिको खोज भएको थियो ।

उक्त सुनको टुक्रामा उत्कृष्ट कला कुँदिएको छ । यसमा गोलो गोलो खाका बनाइएको छ । यो कुनै मेसिनले बनाएको बुट्टा जस्तो देखिन्छ । यो टुक्रालाई असाधारण रुपमा संरक्षित गरिएको थियो । जसले यसको चम्किलोपना ३ हजार वर्षपछि पनि कायम थियो ।

 


कस्तो लाग्यो ?

यो पनि