जेठ ०६, २०८१, आइतबार
               

जेलभित्र झडप हुँदा ८ काे मृत्यु, ४५ जना घाइते

नेपाल फ्ल्यास
मंसिर १५, २०७७

ADVERTISEMENT

श्रीलङ्काको राजधानीमा कोलोम्बोको बाहिरी इलाकामा रहेको एक कारागारमा भएको दङ्गामा परी आठ व्यक्तिको मृत्यु भएको छ । 

यस दङ्गामा मारिएका सवै व्यक्ति कैदी नै भएका  सिन्हवा समाचार समितिद्वारा प्रकाशित समाचारमा जनाइएको छ ।  दङ्गामा परी अन्य ४५ जना घाइते भएका छन् । घाइते भएकाहरूमा सुरक्षाकर्मी पनि छन् । 

कारागारमा कोरोनाभाइरसको प्रकोप बढ्न थालेपछि बन्दीहरूले धरौटीमा मुक्त हुन पाउनुपर्ने र थप सेवासुविधाको माग गर्दै प्रदर्शन गरेका थिए । राजधानी कोलोम्बोस्थित वेलिकाडा जेलका बन्दीहरूले छानामा चढेर आफूहरूलाई धरौटीमा छोडियोस् भन्दै प्रदर्शन गरेका हुन । 

बन्दी र कारागारमा खटिएका सुरक्षाकर्मीहरूबीच भएको झडपमा परी कम्तीमा ८ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४५ जना घाइते भएका बताइएको छ । श्रीलङ्काको जेलहरूमा अहिलेसम्म करिब १,००० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

 कारागारमा रहेका बन्दीहरुले सुरु गरेको दङ्गा अनियन्त्रित भएपछि नियन्त्रणमा लिनको लागि बल प्रयोग गर्नु परेको प्रहरी प्रवक्ता अजित रोहनाले बताए ।

सो दङ्गामा घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरी प्रवक्ता रोहनाले बताए । कारागारमा सुरक्षा बढाउन विशेष तालिमप्राप्त कमान्डोहरूको टोली झिकाइएको पनि रोहनाले बताए । 

श्रीलङ्कामा कोरोना सुरु भएयता २३ हजार ४०० भन्दा बढीमा कोभिड–१९ को संक्रमण देखिएको र यस संक्रमणबाट  ११६ जनाको मृत्यु भइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि