जेठ ०१, २०८१, मंगलबार
               

ताइवानी संसदमै सुँगुरको मासु प्रहार

नेपाल फ्ल्यास
मंसिर १४, २०७७

ADVERTISEMENT

ताइवानमा सरकारले अमेरिकाबाट सुँगुरको मासु आयात गर्ने भने पनि विपक्षी दलका सांसदहरूले यसको विरोध गर्दै संसद बैठकमै सांसदले सुँगुरकाे मासु प्रहार गरेका छन् । 

शुक्रबार संसदमा विपक्षी दल कुमिन्ताङ पार्टीका सांसदहरुले सत्तापक्षीय सांसदहरुमाथि सुँगुरको मासु प्रहार गरेका हुन् । विशेषगरी संसदमा सभामुख सु त्सेङ चेङले अमेरिकाबाट आयात गर्ने भनिएको सुँगुरको मासुबारे बोल्ने क्रममा विपक्षी दलका सांसदहरूले चेङलाई नै निशाना बनाएका थिए । यद्यपि अन्य सत्तापक्षीय दलका सांसदमाथि पनि मासु प्रहार भएको थियो ।

केही महिनाअघि देखि नै सुँगुरको मासुमा मोटोपन घटाउने र्‍याक्टोपामिनयुक्त मासु अमेरिकाबाट आयात गर्ने भन्दै सरकारले पहल गर्दै आएको थियो । तर विपक्षी दलका सांसदले त्यस्तो किसिमको केमिकलयुक्त मासु मानव स्वास्थ्यका लागि हानिकारक भएको भन्दै विरोध गर्दैआएका छन् ।

यसै क्रममा विपक्षी सांसदहरुले सरकारको विरोध गर्दै संसद बैठकमै सत्तापक्षीय सांसदहरुलाई सुँगुरको मासुले प्रहार गरेका हुए ।

 


कस्तो लाग्यो ?

यो पनि