असोज ०५, २०८१, शनिबार
               

दक्षिण कोरियामा संक्रमतिको संख्या ३३ हजार ८२४ पुग्यो

नेपाल फ्ल्यास
मंसिर १४, २०७७

ADVERTISEMENT

दक्षिण कोरियामा गत २४ घण्टामा थप ४५० जनामा (कोरोना भाइरस) कोभिड-१९ को संक्रमण पुष्टि भएकाे छ । याेसँगै यहाँ कोरोना भाइरस संक्रमितको कुल संख्या ३३ हजार ९२४ पुगेको छ । 

हालसम्म भएका कुल संक्रमितमध्ये २७ हजार ५४२ जना कोरोना मुक्त भएका पनि यहाँको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

दक्षिण कोरियामा आन्तरिक रुपमा कोरोना संक्रमण हुनु भन्दा पनि बाहिरी देशबाट आएका व्यक्तिहरुमा भएको संक्रमणका कारण देशभित्रका व्यक्तिहरुलाई सरेको जानकारी दिइदै आएको छ ।

दक्षिण कोरियामा कोरोना सुरु भएयता हालसम्म संक्रमणको कारण ५२३ जनाको मृत्यु भएको छ ।  

कोरोना भाइरस संक्रमणको कारण विश्वमा छ करोड २५ लाख ८६ हजार भन्दा बढी व्यक्ति संक्रमित भएका छन् ।

गत वर्षको डिसेम्बरबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट सुरु भएको यस कोरोना संक्रमणको कारण विश्वमा १४ लाख ५८ हजार व्यक्तिको मृत्यु भइसकेको छ ।

 संक्रमण भएका मध्ये ४ करोड ३१ लाख ९८ हजार भन्दा बढी व्यक्ति कोरोना मुक्त भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जानकारी दिएका छन् । 


कस्तो लाग्यो ?

यो पनि