असोज ०५, २०८१, शनिबार
               

भारतमा कति पुग्यो कोरोना संक्रमितको संख्या ?

एजेन्सी
मंसिर १४, २०७७

ADVERTISEMENT

भारतमा पछिल्लो २४ घण्टामा थप ४१ हजार ८१० जनामा (कोराेना भाइरस) कोभिड-१९ संक्रमण पुष्टि भएसँगै कूल संक्रमितको संख्या ९३ लाख ९२ हजार ९२० नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जानकारी दिएको छ  ।

भारत कोरोना भाइरसबाट अमेरिकापछि सबैभन्दा बढी प्रभावित भएको राष्ट्र हो ।

भारतमा पछिल्लो २४ घण्टामा थप ४९६ जना कोरोना संक्रमणको कारण मृत्यु भएपछि भारतभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ३६ हजार ६९६ पुगेको छ ।

यहाँ कोरोना भाइरस सुरु भएयता भएका सम्पूर्ण संक्रमितहरु मध्ये ८८ लाख २ हजार २६७ व्यक्ति कोरोना मुक्त भएका पनि मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा महाराष्ट्र, दिल्ली र केरला क्रमशः कोरोना भाइरस बढी प्रभावित राज्यको रुपमा रहेको छ । भारतमा ५० हजार भन्दा कम व्यक्ति संक्रमित भएका आज २२ औं दिन हो ।  

भारतमा १३ करोड ९५ लाख ३ हजार ८०३ जना व्यक्तिको कोरोना भाइरसको परिक्षण भएको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसिएमआर) ले आइतबार जानकारी दिएको छ ।

हिजो अर्थात नोभेम्बर २८ का दिनमा मात्र १२ लाख ८३ हजार ४४९ जनाको परिक्षण गरिएको पनि आइसिएमआरले जनाइएको छ । 


कस्तो लाग्यो ?

यो पनि