असोज ०५, २०८१, शनिबार
               

इरानलाई अर्को धक्का : 'आणविक बमका पिता'को हत्या

एजेन्सी
मंसिर १३, २०७७

ADVERTISEMENT

इरानका शीर्ष परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको हत्या भएको छ ।

इरानको राजधानी तेहरान नजिकैको सहर अबसार्डमा वैज्ञानिक मोहसिनमाथि अज्ञात समूहबाट आक्रमण भएको थियो । 

सो आक्रमणमा परेर घाइते भएका उनको स्थानीय अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको इरानको रक्षा मन्त्रालय पुष्टि गरेको छ ।

इरानका विदेशमन्त्री मोहम्मद जावद जरिफले उनको हत्याको निन्दा गरेका छन् । उनले सो हत्याकाण्डलाई ‘राज्य प्रायोजित आतंकवादी घटना’ को संज्ञा दिएका छन् । 

पश्चिमी देशहरुका खुफिया एजेन्सीहरु इरानको गोप्य परमाणु हतियार कार्यक्रमका पछाडि मोहसिन फाख्रिजादेशको हात रहेको विश्वास गर्छन् । 

विदेशी कुटनीतिज्ञहरुले उनलाई ‘इरान आणविक बमका पिता’ मान्दै आएका थिए । यद्यपि, इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि भएको दाबी गर्दै आएको छ । 

यसअघि सन् २०१० र २०१२ मा पनि इरानका ४ जना आणविक वैज्ञानिकहरुको हत्या भएको थियो । इरानले सो हत्या प्रकरणमा इजरायलको हात रहेको दाबी गर्दै आएको थियो ।


कस्तो लाग्यो ?

यो पनि