असोज ०५, २०८१, शनिबार
               

बिना मास्क चिकित्सक नै 'बिकिनी गर्ल्स'सँग पार्टीमा देखिएपछि...

एजेन्सी
मंसिर ११, २०७७

ADVERTISEMENT

कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि आम मानिसलाई स्वास्थ्य मापदण्ड अपनाउन अपिल गर्ने एक चिकित्सक स्वयम् बिना मास्क मस्त पार्टी गरिरहेका छन् ।

उनले बिना मास्क तथा सामाजिक दूरी कायम नगरी युवतीहरुसँग पार्टी गरिरहेको तस्बिर सार्वजनिक भएको हो ।

डा. माइकको नामबाट चर्चित चिकित्सक उनको सामाजिक सञ्जाल इन्स्टाग्राममा ४० लाखभन्दा बढी फलोअर्स छन् ।

अमेरिका न्युयोर्कका चिकित्सक माइक 'हट डाक्टर'को रुपमा समेत चर्चित छन् । उनको पूरा नाम माइक वारशावस्की हो ।

हालै सार्वजनिक भएको तस्विरमा उनी करिब एक दर्जन महिला (बिकिनी गर्ल्स) तथा पुरुषसँग पार्टी गरिरहेका छन् ।

कोरोना महामारीका बीच चिकित्सकले नै स्वास्थ्यका मापण्ड पालना नगरेपछि उनका फलोअर्स आक्रोशित भएका छन् । सल्लाह दिने व्यक्ति स्वयम्ले मापदण्ड पालना नगरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले विभिन्न प्रतिक्रिया दिइरहेका छन् ।

डेलीमेलका अनुसार उनको जन्मदिनको दिन उनले सो पार्टीको आयोजना गरेका थिए । 

जन्मदिनको पार्टी आयोजना गर्न उनी न्युयोर्कबाट मियामी पुगेका थिए । 


कस्तो लाग्यो ?

यो पनि