जेठ ०१, २०८१, मंगलबार
               

चन्द्रमाको ढुंगा–माटो ल्याउने प्रयासमा चीनले पठायो रकेट

नेपाल फ्ल्यास
मंसिर ०९, २०७७

ADVERTISEMENT

चन्द्रमाको सतहबाट ढुंगाको नमुना ल्याउने प्रयास स्वरुप चीनले रकेट प्रक्षपण गरेको छ । चीनले रोबोटिक च्याङ्ग’ ई–५ नामक अन्तरिक्षयान चन्द्रमातर्फ पठाएको हो ।

स्थानीय समय अनुसार मंगलबार बिहान वेन्च्याङ्ग अन्तरिक्ष केन्द्रबाट चीनले सो अन्तरिक्षयानमा लङ्ग मार्च ५ रेकड पठाएको हो । यो अभियान सफल भएमा डिसेम्बरको मध्यमा पृथ्वी फर्किने छ ।

अमेरिका र तत्कालीन सोभियत युनियनले अध्ययनका लागि चन्द्रमाको ढुंगा र माटोको नमूना ल्याएको ४० वर्ष भन्दा बढि भएको छ ।

चन्द्रमाको ढुंगा तथा माटो प्राप्त गर्ने तेस्रो देश बन्ने प्रयासमा चीन रहेको छ । तर यो अति कठिन प्रयास हो ।

यसक्रममा यानले चन्द्रमालाई परिक्रमा गरेपछि त्यहाँ ल्याण्ड गरेर ढुंगा–माटो लिएर पृथ्वीमा फर्किनुपर्छ । यो पटक चीन अभियानमा सफल हुने अपेक्षा उच्च छ ।


कस्तो लाग्यो ?

यो पनि