जेठ ०९, २०८१, बुधबार
               

बेलायती प्रधानमन्त्रीद्वारा सामूहिक कोभिड–१९ परीक्षणको घोषणा

नेपाल फ्ल्यास
मंसिर ०८, २०७७

ADVERTISEMENT

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको सामूहिक परीक्षण गर्ने योजना घोषणा गरेका छन् । कोरोनाभाइरसको सङ्क्रमण धेरै फैलिएकोजस्तो देखिएका क्षेत्रलाई केन्द्रित गरेर आम परीक्षण गरिने उनले सोमबार घोषणा गरे ।

सरकारको ‘कोभिड विन्टर प्लान’ अन्तर्गत सेनाको सहयोगमा परीक्षणलाई व्यापक बनाइन लागिएको पनि उनले जानकारी दिए । अत्यधिक धेरै कोरोना सङ्क्रमितहरु रहेको लिभरपुलमा यसै महिना व्यापक परीक्षण गरिएको र कोरोनाभाइरसको सङ्क्रमण न्यूनीकरण गर्न सफलता मिलेपछि प्रधानमन्त्री जोनसोनले यस्तो घोषणा गरेका हुन् । 

देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने सहरमा सरकारले कोरोना सङ्क्रमितको सम्पर्कमा आएका सबैलाई दैनिकरूपमा परीक्षण गराउने र सङ्क्रमण पुष्टि भएका व्यक्तिलाई तत्काल ‘क्वारेन्टाइन’मा पठाउने योजना बनाएको उनले बताए । 

यो अभियान र प्रयोग सफल र प्रभावकारी भएमा देशव्यापी बनाउने योजना रहेको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)ले जनाएको छ । यस्तो अभियान जनवरीदेखि देशव्यापी हुनसक्ने बताइएको छ । त्यसैगरी सरकारले घरमै रहेकाहरुलाई हेरचाह गर्ने मापदण्ड पनि नयाँ बनाउने अधिकारीहरुले जानकारी दिएका छन् । 


कस्तो लाग्यो ?

यो पनि