जेठ ०८, २०८१, मंगलबार
               

अमेरिकामा निषेधाज्ञा लागू

नेपाल फ्ल्यास
मंसिर ०७, २०७७

ADVERTISEMENT

संक्रमितको संख्या दैनिकजसो नयाँ रेकर्ड कायम हुँदै गएको अमेरिकामा फेरि प्रतिबन्धहरु सुरू भएका छन् ।

सबैजसो राज्यले मास्कको प्रयोग अनिवार्य गरेका छन् । संक्रमण बढेपछि न्यूयोर्क, टेक्सास, क्यालिफोर्निया लगायतका राज्यले निषेधाज्ञा जारी गरेका छन् ।

क्यालिफोर्नियामा शनिबारदेखि रात्रिकालीन निषेधाज्ञा  जारी गरेको छ ।

संक्रमण नियन्त्रणका लागि त्यहाँ राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा प्रतिबन्ध लगाइएको छ ।

यो प्रतिबन्ध कम्तीमा २१ डिसेम्बरसम्म जारी रहनेछ । त्यसपछि अवस्था हेरेर लम्ब्याउन सकिने त्यहाँका अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। संक्रमण बढे क्रिसमसमा पनि निशेधाज्ञा लागू हुनेछ ।

क्यालिफोर्नियाका रेस्टुरेन्टलाई ‘होम डेलिभरी’ मात्र गर्न सक्ने आदेश छ । राज्यका ५८ मध्ये ४१ काउन्टी अति प्रभावित छन् । त्यहाँ ‘स्टे एट होम’ आदेश जारी छ । केही काउन्टीले कडा बन्दाबन्दीको आदेश जारी गर्न सक्ने जनाइएको छ ।

यसअघि न्यूयोर्कमा पनि रात्रिकालीन निशेधाज्ञा लगाइएको थियो ।

द सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले सबै अमेरिकीलाई २६ नोभेम्बरको ‘थ्याङ्स गिभिङ डे’ को बिदामा लामो यात्रा नगर्न आग्रह गरेको छ ।

अहिलेसम्म अमेरिकामा एक करोड २४ लाख ४६ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । त्यसमध्ये दुई लाख ६१ हजार ७९० जनाको मृत्यु भइसकेको छ ।

क्यालिफोर्नियामा मात्र ११ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि