जेठ ०९, २०८१, बुधबार
               

कोरोनाविरुद्ध खोपको अनुमतिका लागि फाइजरद्वारा आवेदन

नेपाल फ्ल्यास
मंसिर ०७, २०७७

ADVERTISEMENT

वासिङ्टन । अमेरिकी औषधि कम्पनी फाइजर र उसको जर्मनी सहयात्री वायोएनटेकले कोरोना भाइरसविरुद्ध बनाएको खोप प्रयोगका लागि अनुमति माग्दै अमेरिकामा स्थानीय समय अनुसार शुक्रवार आवेदन दिएका छन् । 

उक्त खोप प्रयोग गर्न सुरक्षित छ कि छैन भन्ने निर्णय अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले गर्नेछ । एफडिएबाट अनुमति प्राप्त गरेमा औषधिको प्रयोगका लागि सुरक्षित मानिने छ ।

उक्त खोपको परीक्षणसम्बन्धी तथ्यांक अध्ययनका लागि एफडीएले कति समय लगाउँछ भन्ने स्पष्ट छैन । यद्यपि अमेरिकी सरकारले डिसेम्बर महिनाको मध्यसम्ममा खोपलाई स्वीकृति दिने अपेक्षा गरिएको छ ।

अन्तिम चरण परीक्षणको तथ्यांकले ६५ वर्ष उमेरमाथिका मानिसलाई खोपले ९४ प्रतिशत जोगाउने देखाएको छ । यूकेले उक्त खोपको चार करोड मात्रा मगाइसकेको छ । जुन महिनायता पहिलोपटक त्यहाँ एकै दिनमा दुई हजारभन्दा बढीको मृत्यु भएको थियो ।

यदि एफडीएले डिसेम्बरको आधासम्ममा स्वीकृति दियो भने फाइजर र बायोएनटेक केही घण्टाभित्रै खोप वितरण गर्न तयार भएको उनीहरूले बताएका छन् । विश्वव्यापी महामारी बनेर फैलिएको यो कोरोना भाइरसको आनुवांशिक संरचना थाहा भएको १० महिनामै खोप विकासको यो कामलाई ठूलो उपलब्धि मानिएको छ ।

फाइजरका प्रमुख कार्यकारी अधिकृत अल्बर्ट बुर्लाले आकस्मिक प्रयोगका लागि दिइएको आवेदन विश्वलाई कोभिड–१९ को खोप दिने यात्रामा यो एउटा कोसेढुङ्गा भएको टिप्पणी गरे ।सुरुमा खोपको मात्रा अपर्याप्त हुने हुँदा सेन्टर्स फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसीपी) ले कसलाई पहिला दिने भन्ने निधो गर्नेछ । 


कस्तो लाग्यो ?

यो पनि