जेठ ०८, २०८१, मंगलबार
               

अमेरिकामा एकैदिन २ लाख १ हजार संक्रमित

नेपाल फ्ल्यास
मंसिर ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ ।

एक महिनायता दैनिक एक लाखभन्दा बढीमा संक्रमण देखिएको अमेरिकामा पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या २ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ अहिलेसम्मकै धेरै २ लाख १ हजार ८३ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि शुक्रबार (५ मंसिर) त्यहाँ १ लाख ८७ हजार जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो बृद्धिसँगै अमेरिकामा कोरोना संक्रमित संख्या १ करोड २२ लाख ७४ हजार ७२६ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७३ लाख १६ हजार ३२३ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ४६ लाख ९८ हजार १२० जनामध्ये २२ हजार ७८९ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ६० हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप १९५१ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ६० हजार २८३ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि