जेठ ०९, २०८१, बुधबार
               

नवनिर्वाचित राष्ट्रपति बाइडेनलाई सत्ता हस्तान्तरण समयमै हुने ट्रम्प निकट नेताको दाबी

नेपाल फ्ल्यास
मंसिर ०५, २०७७

ADVERTISEMENT

वासिङ्टन । अमेरिकामा नयाँ सरकार बनाउने सत्ता हस्तान्तरण गर्ने कार्य समयमै हुने रिपब्लीकन पार्टीका एक शिर्ष नेताले दाबी गरेका छन् । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता हस्तान्तरण गर्न आनाकानी गर्ने संकेत गरिरहेका बेला ट्रम्पकै पार्टीका नेताले सत्ता हस्तान्तरण समयमै हुने दाबी गरेका हुन् ।

रिपब्लीकन पार्टीका शिर्ष नेता तथा सिनेटर मिट्च म्याककोनलले कानूनी व्यवस्था र निर्धारित समयानुसार नै सत्ता हस्तान्तरण हुनेमा ढुक्क हुन आह्वान गरेका हुन् ।

 राष्ट्रपति ट्रम्पले नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई समयमै सहजै सत्ता हस्तान्तरण नगर्ने हो की भन्ने चिन्ता र चासो अमेरिकामा अत्यधिक देखिएको छ । कतिपयले समयमै सत्ता हस्तान्तरण हुनेमा आशंका र त्रास व्यक्त गरेका छन् ।

अमेरिकामा हालै भएको निर्वाचनबाट ७७ वर्षीय बाइडेन निर्वाचित भएको औपचारिक रुपमा घोषणा भइसकेको छ भने ७४ वर्षीय वर्तमान राष्ट्रपति ट्रम्पले बाइडेनको जित र आफ्नो हार अझै स्विकारेका छैनन् ।

 ट्रम्पले कतिपय ठाउँमा मतदानका बेलामा धाँधली भएको दाबी गर्दै पुनः मतदान गर्न वा पुनः मतगणना गर्न माग गर्दै आएका छन् । उनले मागमा कुनै आधार तथा प्रमाणहरु नभएको भन्दै न्यायाधिशहरुले उनको मागलाई खारेज गरिदिए पनि ट्रम्पले आफ्नो माग छोडेका छैनन् ।

अमेरिकामा राष्ट्रपति निर्वाचित हुनको लागि २७० इलेक्टोरल मत प्राप्त गर्नुपर्नेमा नवनिर्वाचित वाइडेनले ३०० भन्दा बढी प्राप्त गरेका छन् ।

अमेरिकामा हरेक चार–चार वर्षमा राष्ट्रपति र उपराष्ट्रपति चयनको लागि निर्वाचन हुने र त्यसपछि आउने जनवरी २० तारिखका दिन सत्ता हस्तान्तरण गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

अमेरिकी उपराष्ट्रपतिमा यस पटक कमला ह्यारिस निर्वाचित भएकी छन् । उनी अमेरिकामा पहिलो महिला उपराष्ट्रपति भएकी हुन् ।

यो पनि