जेठ ०८, २०८१, मंगलबार
               

अमेरिकामा कोरोनाबाट मर्नेकाे संख्यया साढे दुई लाख नाघ्यो

नेपाल फ्ल्यास
मंसिर ०४, २०७७

ADVERTISEMENT

अमेरिकामा कोभिड–१९ सङ्क्रमित दुई लाख ५० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।कोभिड–१९ सङ्क्रमणमा पुनः वृद्धि देखिएकपछि अमेरिकी शहर न्यूयोर्कस्थित विद्यालयहरू बन्द गरी सङ्क्रमण नियन्त्रण गर्ने अन्य उपायसमेतलाई अवलम्वन गर्न थालिएको छ ।

यूरोपमा कोभिड–१९ को नियन्त्रणका लागि भन्दै विभिन्न उपायहरूलाई अवलम्बन गर्ने यूरोपेली मुलुकहरूको तयारीविरुद्ध ती मुलुकहरूमा बजार गतिविधि नियन्त्रणविरोधी विरोधहरू भएका छन् ।

अमेरिकामा बिहीबारसम्म कोभिड–१९ सङ्क्रमितमध्ये दुई लाख ५० हजार ४२६ व्यक्तिको मृत्यु भएको छ भने बुधबार एकै दिनमा एक लाख ५७ हजार ९५० जना थप व्यक्ति सङ्क्रमित भएका जोन हकिन्स विश्वविद्यालयले बताएको छ । 

अमेरिकी राज्यहरू र सहरले कोभिड सङ्क्रमण दरमा नियन्त्रण नआएपछि नियन्त्रणका पूराना तथा नयाँ उपायलाई अभ्यासमा ल्याउने बताएका छन् । न्यूयोर्कका नगरप्रमुख बिल डे ब्लासियोका अनुसार सहरमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या पुनः बढ्न थालेपछि सहरमा रहेका करिब एक हजार ८०० विद्यालयहरूलाई बन्द गरिएको छ । ती विद्यालयहरूले दूर शिक्षालाई बिहीबारदेखि नै अभ्यासमा ल्याएका छन् ।

नगर प्रमुख ब्लासियोले भने, “हामीले कोभिड–१९ को दोस्रो लहरविरुद्ध लड्न जरुरी भएको छ ।” अमेरिकी औषधि कम्पनी पिफाइजरले विकास गरेको खोपले ९४ प्रतिशत विरामीमा सकारात्मक नतिजा दिएको भन्ने खबरबाट आशावादी बनेका अमेरिकीहरूलाई अमेरिकाको सबैभन्दा बढी जनघनत्व रहेको न्यूयोर्क सहरमा नियन्त्रणका लागि विद्यालय बन्द गर्ने नीतिपछि थप सशङ्कित बनेका छन् ।


कस्तो लाग्यो ?

यो पनि