जेठ ०८, २०८१, मंगलबार
               

जर्मनीमा कोरोना संक्रमित संख्या आठ लाखभन्दा बढी

नेपाल फ्ल्यास
मंसिर ०४, २०७७

ADVERTISEMENT

वर्लिन । जर्मनीमा कोभिड १९का संक्रमितहरुको संख्या ८ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा यहाँ १७ हजार ५८१ जना नयाँ संक्रमित थपिएको बताइएको छ ।

योसँगै यहाँ कोरोनाका संक्रमितहरुको संख्या ८ लाख ३३ हजार ३०७ जना पुगेको हो । यहाँ संक्रमणबाट कम्तीमा पनि १३ हजार ११९ जनाको मृत्यु भएको छ ।

जर्मनीका अधिकारीहरुले गएको २४ घन्टामा कम्तीमा पनि ३०५ जनाको मृत्यु भएको छ ।

जर्मनीको स्वास्थ्य मन्त्रालयले यहाँ पछिल्ला केही दिनहरुमा कोरोना संक्रमितहरुको मृत्युको दर बढ्दै गएको बताएको छ । जर्मनीमा कोभिडको दोस्रो वेभ आएको बताइएको थियो ।

त्यसैले पनि यहाँ यही नोभेम्बर महिनादेखि कतिपय क्षेत्रमा लकडाउन गरिएको छ ।

तर, यसको यहाँका नागरिकले विरोध गरिरहेका छन् । त्यसैले जर्मनीको केन्द्र सरकारले भने यो लकडाउनको अवस्थालाई थप विस्तार नगरिने जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि