जेठ ०९, २०८१, बुधबार
               

अफगानिस्तानमा एक प्रहरी प्रमुखसहित पाँच जनाको हत्या

नेपाल फ्ल्यास
मंसिर ०३, २०७७

ADVERTISEMENT

अफगानिस्तानको फरयाब प्रान्तमा बुधबार भएको एक हिंसात्मक हमलामा परी कम्तीमा पनि पाँच जनाको ज्यान गएको एक समाचारमा जनाइएको छ । 

फरयाब प्रान्तको कराकुल भन्ने जिल्लामा सडक किनारामा राखिएको बम विस्फोट गराएर आतंककारीहरूले एकजना प्रहरी प्रमुखसहित पाँच जनाको ज्यान लिएका हुन् । उक्त जिल्लामा सवारी साधनलाई लक्ष गरेर सडकको किरानामा बम राखिएको थियो । त्यो बम विस्फोट हुँदा सवारीमा रहेका रहेका कराकुल जिल्लाका प्रहरी प्रमुख मोहमद विदार मारिएका छन् । 

उनी सहित सो आक्रमणमा परेर अरु चार जनाको पनि ज्यान गएको फरयाब प्रान्तका प्रान्तीय प्रमुखले बुधबार एक समाचारमा जनाएका छन् । फरयाब प्रान्तका प्रहरी प्रवक्ता अब्दुल कारिमले सो घटनाको पुष्टि गरेको बताइएको छ । उनले कराकुल जिल्लाका प्रहरी प्रमुख मोहमद विदारीको विस्फोटमा परेर ज्यान गएको स्थानीय सञ्चारमाध्यहरूलाई जानकारी दिएका हुन् ।

सो विस्फोटक हमलाको अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी भने लिएको छैन । तर अफगानिस्तानको सुरक्षा निकायले भने सो हमलामा तालिबानी समूहका लडाकूहरूको हात रहेको अनुमान गरेका छन् । 

उक्त तालिबानी समूहले पनि यस घटनाका बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया भने दिएको छैन । तालिबानीहरूले युद्धविराम गरेर अफगानिस्तानको सरकारसँग वार्ता गरेको भनिएको भए पनि यता अफगानिस्तानमा हिंसा गर्न भने छोडेको छैन ।


कस्तो लाग्यो ?

यो पनि