जेठ ०८, २०८१, मंगलबार
               

अमेरिकामा कोरोनाको तीव्र परीक्षण गर्न नयाँ विधि

नेपाल फ्ल्यास
मंसिर ०३, २०७७

ADVERTISEMENT

अमेरिकामा कोरोनाभाइरसको तीव्र परीक्षणका लागि  सरकारको आधिकारिक निकायले अनुमति दिएको छ । 

आपतकालिन अवस्थामा मात्रै प्रयोग गर्न सकिने गरी मंगलबार पहिलो पटक यस्तो अनुमति प्रदान गरिएको हो । घरमा समेत प्रयोग गर्न मिल्ने यस विधिले ३० मिनेटमा नै कुनै व्यक्तिलाई कोरोना संक्रमण भएको छ छैन भन्ने नतिजा देखाउने जनाइएको छ । 

अमेरिकाको नियामक निकायको रुपमा रहेको खाद्य तथा औषधि सम्बन्धी कार्यालयले यसलाई कोरोनाभाइरस नियन्त्रणका लागि एउटा महत्वपूर्ण कदमको रुपमा लिएको छ ।    

अहिले प्रारम्भिक चरणमा यो विधिलाई सिमित ठाउँमा र सिमित अवस्थामा मात्रै प्रयोग गर्न दिइने अधिकारीहरूले जनाएका छन् । 

प्रयोगका लागि अनुमति दिइएको औषधि क्यालिफोर्नियाको औषधि उत्पादक कम्पनी लुकिरा हेल्थले उत्पादन गरेको हो । 

विरामी आफैंले नाकबाट स्वाव परीक्षण गर्न मिल्ने र औषधि प्रयोग गर्न सक्ने पनि कम्पनीका अधिकारीहरूले जानकारी दिएका छन् । 

अमेरिकामा हाल घरमै पनि व्यक्तिले स्वाब लिएर परीक्षणका लागि प्रयोगशालामा पठाउन सक्छन् वा तोकिएका स्वास्थ्य केन्द्रमा गएर परीक्षण गर्न सक्छन् तर परीक्षणको नतिजा प्राप्त गर्न लामो समय पर्खिनु पर्दछ । 


कस्तो लाग्यो ?

यो पनि