जेठ ०८, २०८१, मंगलबार
               

श्रीमतीले आत्महत्या गरेको एक हप्तापछि श्रीमानले पनि गरे आत्महत्या

एजेन्सी
मंसिर ०३, २०७७

ADVERTISEMENT

एजेन्सी । महाराष्ट्रको जलगाउँमा एक जना व्यक्तिले आफ्नी श्रीमतीको मृत्युको कारण आत्महत्या गरेका छन् ।

ती व्यक्तिले आफ्नो मृत्यु हुनुभन्दा अघि फेसबुक लाइभमा सन्देश जारी गरेका थिए। जसमा उनले परिवारका लागि भिडियो सन्देश दिएका थिए । उनले जारी गरेको सन्देशमा प भनेका छन्, ' म आत्महत्या गर्दैछु । मेरो आत्महत्या पछाडि मेरो श्रीमती संसारमा नहुनुको  मुख्य कारण हो ।' वास्तवमा दीपावली भन्दा अघि श्रीमतीले विष पिएर आत्महत्या गरेकि थिइन्। यो कारण श्रीमान तनावमा थिए ।

दुवैको प्रेम विवाह भएको थियो। उनीहरुको दुई बच्चा थिए। अब आमा बुबाको मृत्यु पछि, यी बच्चाहरूको भविष्य थप पिडा थपिएको छ। घटना पछि परिवार शोक मनाइरहेको छ।यो घटना जलगाउँको कञ्चनगर क्षेत्रको हो ।

आत्महत्या गर्ने व्यक्तिको नाम प्रमोद शेटे हुन् । मर्नु अघि शेटेले फेसबुक लाइभ मार्फत आत्महत्याको कारण वर्णन गरेका छन् । त्यसपछि उनले ट्रेनको लिकमा पुगेर आत्महत्या गरे ।

प्रमोद शेटेकी श्रीमती कंचन शेटेले गत हप्ता विष सेवन गरेर आत्महत्या गरेकी थिइन। शेटेको लास जीर्ण अवस्थामा रेलको लिकमा रहेको थियो। प्रहरीले लास पोष्टमार्टमको लागि पठाएको छ । प्रहरीले हाल अनुसन्धान गरिरहेको छ ।

उहि समयमा, जब प्रमोद शेटेका साथीहरूले फेसबुक लाइभ देखे, तिनीहरूले उसलाई बचाउनको लागि गुहार मागेका थिए। तिनीहरू घटनास्थलमा पुग्दा धेरै ढिला भइसकेको थियो ।


कस्तो लाग्यो ?

यो पनि