बैशाख १९, २०८१, बुधबार
               

अमेरिकामा १ लाख ५७ हजार दैनिक संक्रमित थपिँदा चीनमा १५ जनामा मात्रै

नेपाल फ्ल्यास
मंसिर ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । अमेरिकामा दैनिक कोरोना भाइरसको संक्रमण झन् झन् बढ्दा चीनमा भने एकदम न्युन संक्रमण छ ।

अमेरिकामा १५ दिनयता दैनिक एक लाखभन्दा बढीमा संक्रमण देखिने क्रम अझै रोकिएको छैन । शनिबार अहिलेसम्मकै धेरै १ लाख ८३ हजार ५२७ जनामा संक्रमण देखिएको अमेरिकामा आज मंगलबार पनि १ लाख ५७ हजार २६१ संक्रमित थपिएका छन् ।

योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या १ करोड १५ लाख ३८ हजार ५७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ७० लाख १९ हजार ३०४ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ४२ लाख ६६ हजार १०२ जनामध्ये २१ हजार १८४ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ५२ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप १६१५ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ५४ हजार २५५ पुगेको छ 

कोरोनाको उद्गम बिन्दु चीनमा थप १५ जनामा मात्रै कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १५ नयाँ संक्रमित फेला परेका छन् । विश्वमै कोरोनाबाट प्रभावित हुने राष्ट्रहरुमध्ये चीन ६४औं स्थानमा छ ।

हालसम्म चीनमा संक्रमितको संख्या ८६ हजार ३६१ रहेको छ भने ४ हजार ६३४ जनाको मृत्यु भएको छ । यस्तै ८१ हजार ३७४ संक्रमित निको भएका छन् । चीनमा सक्रिय संक्रमितको संख्या ३५३ रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि