बैशाख १९, २०८१, बुधबार
               

मेक्सिकोमा ट्यांकर बिस्फोट, १४ जनाको मृत्यु

नेपाल फ्ल्यास
मंसिर ०३, २०७७

ADVERTISEMENT

मेक्सिको सिटी । मेक्सिकोको पश्चिमी क्षेत्रस्थित टेपिक–गुआडालाजारा राजमार्गमा ट्यांकर बिस्फोट हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । नायारित राज्य प्रहरीले मंगलबार बिहानै भएको दुर्घटनाका कारण १४ जनाको ज्यान गएको जनाएको छ ।

प्रहरीका अनुसार एलपिजी ग्यास बोकेको ट्यांकर अर्को सवारी साधनसँग जुधेर सोमबार दुर्घटना भएको थियो । बिस्फोटबाट करिब २ हेक्टर जमिनमा क्षति पुगेको र अरु तीन वटा सवारीसाधनमा समेत क्षति पुगेको थियो । 

यो पनि