बैशाख १९, २०८१, बुधबार
               

ट्रम्पले अन्तरिमकालको प्रक्रियालाई अझै अवरोध गरे ‘कोरोनाले धेरैको ज्यान लिनेछ’: बाइडेन

नेपाल फ्ल्यास
मंसिर ०२, २०७७

ADVERTISEMENT

राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरिमकालको प्रक्रियालाई अझै अवरोध गरेमा ‘धेरै व्यक्तिको कोरोना भाइरसका कारण ज्यान जाने’ राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले चेतावनी दिएका छन् ।

अमेरिकामा पछिल्ला दिन लगातार संक्रमण तथा मृत्यु बढ्दो क्रममा छ । तर ट्रम्प प्रशासनले राष्ट्रपतिमा निर्वाचित भएका बाइडेनको अन्तरिम टिमलाई अत्यावश्यक सूचना तथा जानकारीहरुमा पहुँच दिएको छैन र सहकार्य गरेको छ ।

नोभेम्बर ३ मा भएको चुनावमा पराजित भए पनि ट्रम्पले अहिलेसम्म हार स्वीकार गरेका छैनन् । उनले लगातार बिना प्रमाण चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका छन् ।

कोरोना भाइरसको महामारी नियन्त्रणको प्रयास प्रभावकारी बनाउनका लागि सहकार्यको खाँचो रहेको राष्ट्रपतिमा निर्वाचित बाइडेनले अन्तरिम प्रशासनको हेडक्वाटर डेलवरमा बताएका हुन् ।

उनले फेरि ट्रम्पले आफू पराजित भएको स्वीकार नगर्नु ‘लज्जाको’ विषय रहेको बताएका छन् ।

ट्रम्पको आलोचनामा पूर्व प्रथम महिला मिसेल ओबामा पनि आएकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘यो खेल होइन ।

राष्ट्रपतिमा निर्वाचित भएका बाइडेनले ३०६ इलेक्टोरल कलेज मत पाएका छन् । चार वर्ष पहिले ट्रम्पले पनि त्यति नै इलेक्टोरल कलेज मत पाएका थिए, तर उनी कुल मतमा भने हिलारी क्लिन्टन भन्दा पछि परेका थिए ।

ट्रम्पले भने सोमबार ट्वीट गरेर आफूले चुनाव जितेको दाबी गरेका थिए ।

ट्रम्पले देशभरका विभिन्न अदालतमा दायर गरेका मुद्धा प्रमाणको अभावमा खारेज हुने क्रम जारी छ ।

अन्तरिमकाललाई सहज बनाउने जिम्मेवारी पाएको जनरल सर्भिस एड्मिनिस्ट्रेसन (जिएसए) ले अझैसम्म जो बाइडेन र कमला ह्यारिस विजयी भएको स्वीकार गरेको छैन । अहिलेसम्म बाइडेन–ह्यारिस प्रशासनलाई महत्वपूर्ण जानकारी दिइएको छैन ।


कस्तो लाग्यो ?

यो पनि