जेठ ०९, २०८१, बुधबार
               

अमेरिकामा एकैदिनमा पौने दुई लाख सङ्क्रमित

नेपाल फ्ल्यास
कात्तिक २९, २०७७

ADVERTISEMENT

कोरोनाभाइरसबाट सवैभन्दा धेरै प्रभावित भएको मुलुक अमेरिकामा एकैदिनमा पौने दुई लाख मानिस सङ्क्रमित हुन थालेका छन् । 

विश्वव्यापी महामारी फैलिएको सुरुदेखि नै बढी सङ्क्रमित रहेको अमेरिकामा अहिले पनि सङ्क्रमितको संख्या दिन प्रतिदिन बृद्धि हुदै गइरहेको छ । 

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा एक लाख ७७ हजार मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । एकैदिनमा यति धेरै सङ्क्रमित भएको यो पहिलो भएको पनि अधिकारीहरुलाई उद्धृत गर्दै वासिङ्टनपोष्टले लेखेको छ । 

अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसबाट कुल एक करोड सात लाख २८ हजार ४९७ जना सङ्क्रमित भएको हकिङ्स विश्वविद्यालयले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि