जेठ ०८, २०८१, मंगलबार
               

भारतमा सक्रिय संक्रमितको संख्यामा कमी

एजेन्सी
कात्तिक २८, २०७७

ADVERTISEMENT

नयाँदिल्ली । भारतमा कोराना भाइरसका सक्रिय संक्रमितको संख्या पछिल्ला दिनमा न्यून हुँदै गएको छ । 

कोरोना भाइरसको महामारीबाट अति प्रभावित मुलुकहरुको अग्रपंक्तिमा रहेको भारतमा पछिल्लो समयमा दैनिक संक्रमितको संख्यामा पनि कमी आएको हो ।

सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४४ हजार ८७८ जना संक्रमित थपिएका छन् । 

भारतमा योसँगै कुल संक्रमितको संख्या ८७ लाख २८ हजार ७९५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण ५४७ जनाको मृत्यु भएको छ । भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख २८ हजार ६६८ जनाको मृत्यु भएको विवरण छ । 

भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको संख्या घट्दै गएर चार लाख ८४ हजार ५४७ पुगेको छ । भारतमा केही हप्ता अगाडिसम्म झण्डै १० लाख मानिस सक्रिय संक्रमित अवस्थामै थिए । 

भारतको स्वास्थ्य अनुसन्धान परिषदले अहिलेसम्म १२ करोड ३१ लाख नमूना परीक्षण गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि