बैशाख २३, २०८१, आइतबार
               

अमेरिकामा तत्काल प्रतिबन्धबाट जोगियो टिकटक

एजेन्सी
कात्तिक २८, २०७७

ADVERTISEMENT

अमेरिकाको वाणिज्य मन्त्रालयले बिहीबार रातिदेखि टिकटकमाथि लाग्न लागेको प्रतिबन्ध तत्कालको लागि रोकेको छ ।

यसअघिको आदेशअनुसार बिहीबार रातिदेखि अमेरिकामा टिकटक डाउनलोड गर्न प्रतिबन्ध लाग्नुपर्ने थियो ।

तर वाणिज्य मन्त्रालयले ुकानुनी प्रक्रिया जारी रहेकोु भन्दै प्रतिबन्धको कार्यान्वयनमा ढिलाइ गरेको छ । 

उसले फिलडेल्फियाको अदालतको आदेशतर्फ पनि इङ्गित गरेको छ ।

सेप्टेम्बरमा त्यहाँ तीन चर्चित टिकटक प्रयोगकर्ताले अमेरिकामा उक्त भिडिओसम्बन्धी सामाजिक सञ्जालको एपलाई प्रतिबन्धित गर्न नहुने जिकिर गरेका थिए ।

सेप्टेम्बरमा टिकटकको स्वामित्व रहेको चिनियाँ कम्पनी बाइटडान्सले उसको अमेरिकी सम्पत्तिलाई 'टिकटक ग्लोबल'अन्तर्गत राखेर वालमार्ट र ओरकललाई हस्तान्तरण गर्ने घोषणा गरेको थियो ।

राष्ट्रपति डोनल्ड ट्रम्प तथा विदेशमन्त्री माइक पोम्पेओले पटकपटक अमेरिकी प्रयोगकर्ताको डेटा वा सूचना चिनियाँ सरकारले प्राप्त गर्न सक्ने भनेर दाबी गर्दै आएका थिए । तर त्यसबारे कुनै प्रमाण भने प्रस्तुत गरिएको छैन ।

यसअघि चीनसँग कूटनीतिक तनाव बढेपछि भारतले टिकटक एपमाथि प्रतिबन्ध लगाइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि