जेठ ०९, २०८१, बुधबार
               

प्यालेस्टिनी नेता इरेकातको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिने

नेपाल फ्ल्यास
कात्तिक २७, २०७७

ADVERTISEMENT

रमाल्लाह । कोरोना भाइरस संक्रमणबाट मंगलबार निधन हुनु भएका प्यालेस्टाइनका वरिष्ट शान्ति मध्यस्थकर्ता साएब इरेकातलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिने भएको छ । इरेकातका नजिकका व्यक्तिहरुका अनुसार कोरोना भाइरस संक्रमणबाट इरेकातको स्वास्थ्य स्थिति निकै जटिल र नाजूक बनेको थियो ।

फताह आन्दोलनले पनि इरेकातको निधन भएको पुष्टि गरेको छ । इरेकातलाई अक्टोबरको मध्यतिर संक्रमण भएको थियो । प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन ९आइएलओ० को कार्यकारी समितिका महासचिव समेत रहनु भएका इरेकातको कोरोना संक्रमणपछि स्वास्थ्य निरन्तर खस्केको थियो ।

उनलाई उपचारका लागि जेरुसेलमस्थित हदस्साह मेडिकल सेन्टरमा भर्ना गरिएको थियो । इरेकातको तीन वर्षअघि फोक्सोको प्रत्यारोपण गरिएको थियो । इरेकातले प्यालेस्टिनी नेता स्वर्गीय यासेर अराफात र राष्ट्रपति मोहमुद अब्बासका लागि मुख्य मध्यस्थकर्ताका रुपमा कार्य गरेका थिए ।

इजरायलबाट प्यालेस्टाइनलाई अलग बनाउने सन्दर्भमा भएका आन्दोलन र शान्ति वार्तामा इरेकातले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।इरेकातको सम्झनामा अब्बासले तीन दिने राष्ट्रिय शोकको घोषणा पनि गरेका छन् ।

यो पनि