जेठ ०८, २०८१, मंगलबार
               

चिनियाँ खोपले गम्भीर असर निम्त्याएपछि ब्राजिलमा परीक्षण रोक

नेपाल फ्ल्यास
कात्तिक २६, २०७७

ADVERTISEMENT

काठमाडौं । चीनले निर्माण गरेको कोरोनाविरूद्धको खोपले गम्भीर असर निम्त्याएको भन्दै ब्राजिलमा भइरहेको परीक्षण रोकिएको छ ।

चिनियाँ कम्पनी साइनोभ्याक बायोटेकले निर्माण गरेको ‘कोरोना भ्याक’ खोपको अन्तिम चरणको परीक्षण रोकिएको हो । साइनोभ्याकले भने खोपको सुरक्षा सम्बन्धी सबै मापदण्ड पूरा गरेकाले समस्या नहुने दाबी गरेका छन् ।

इन्डोनेसिया र टर्कीमा पनि भइरहेको यो खोपको असरबारे त्यहाँ अहिलेसम्म जानकारी दिइएको छैन  । इन्डोनेसियाको बायो फर्माले मंगलबार मात्र त्यहाँ जारी साइनोभ्याकको खोप ट्रायलमा कुनै समस्या नभएको जानकारी दिएको थियो ।

२९ अक्टोबरबाटै परीक्षण रोकिएको भए पनि यो विषय भर्खरै सार्वजनिक भएको बिबिसीले जनाएको छ । ब्राजिलियन स्वास्थ्य निरीक्षक अन्भिसाका अनुसार खोप लगाएका व्यक्तिको मृत्यु भएपछि परीक्षण रोकिएको हो ।

विदेशमा मात्र नभएर साइनोभ्याकको खोप, चीनमा पनि अन्तिम परीक्षणको चरणमा छ ।


कस्तो लाग्यो ?

यो पनि