जेठ ०१, २०८१, मंगलबार
               

अमेरिकामा कमला उपराष्ट्रपतिमा चुनिएपछि भारतमा उत्सव मनाइयो

नेपाल फ्ल्यास
कात्तिक २४, २०७७

ADVERTISEMENT

अमेरिका निर्वाचन परिणाममा कमला ह्यारिस उपराष्ट्रपति चुनिपछि भारतमा उत्सव मनाइएको छ । 

अमेरिकामा कमला ह्यारिस उपराष्ट्रपति निर्वाचित भएपछि दक्षिण भारतीय राज्य तमिनाडुको एक गाउँमा उत्सव मनाइएको हो । सो गाउँका बासिन्दाले  पटाका पड्काएर  र मिठान्न बाँडेर ह्ययारिस उपराष्ट्रपित भएकोमा उत्सव मनाएका हुन् ।

ह्यरिस उपराष्ट्रपति भएकोमा खुुसी मनाउनेहरु उनका मावलीहरु हुन् । सो गाउँमा कमला ह्यारिसका मावली हजुरबुवा जन्मिएका थिए।

ह्यारिस अमेरिकाको इतिहासमा प्रथम महिला उपराष्ट्रपति मात्र नभई सो पदमा पुग्ने प्रथम अश्वेत र एसियाली मूलकी व्यक्ति पनि हुन् । 

इन्डियन-जमैकन मूलकी क्यालिफोर्नियाकी सांसद उनले कुनैबेला राष्ट्रपति उम्मेदवारका लागि बाइडेनलाई चुनौती दिएकी थिइन् ।

यो पनि