बैशाख १७, २०८१, सोमबार
               

फ्रान्समा एकै दिन अहिलेसम्मकै धेरै ६० हजारभन्दा बढीमा कोरोना संक्रमण

नेपाल फ्ल्यास
कात्तिक २३, २०७७

ADVERTISEMENT

पेरिस । फ्रान्समा महामारीको सुरु भएदेखि पछिल्लो २४ घण्टामा ६० हजार ४८६ नयाँ कोरोना भाइरसका घटनाहरू दर्ता गरेको देशको राष्ट्रिय जनस्वास्थ्य एजेन्सी सेन्ट पब्लिकले शुक्रबार बताएको छ । 

फ्रान्समा पछिल्ला दिनहरूमा कोभिड–१९ संक्रमणको अवस्था जटिल बन्दै गएको छ । शुक्रबार पनि फ्रान्समा ५८ हजार व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यूरोपेली यस मुलुकमा अहिलेसम्म कोरोना भाइरस संक्रमितको संख्या १६ लाख पुगेको छ भने ३९ हजार ८०० व्यक्तिको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनले यसै वर्षको मार्च ११ मा कोभिड–१९ ले विश्वव्यापी महामारीको प लिएको बताएकमो थियो । शनिबारसम्म विश्वमा चार करोड ९१ लाख व्यक्ति संक्रमित भएका छन् भने यसका कारण १२ लाख ४० हजार व्यक्तिको मृच्यु भइसकेको जोन हकिन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ । 


कस्तो लाग्यो ?

यो पनि