जेठ ०१, २०८१, मंगलबार
               

अफगानिस्तानमा बम बिस्फोट : पत्रकारसहित तीन जनाको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक २३, २०७७

ADVERTISEMENT

काबुल । अफगानिस्तानको काबुलमा शनिबार भएको विष्फोटमा परी एक पत्रकारसहित तीनजना व्यक्तिको मृत्यु भएको प्रहरीलाई उद्धृत गरी अफगानिस्तानी समाचार संस्था टोलो न्यूजले उल्लेख गरेको छ ।

सरकारले विद्रोही तालिवान समूहले गराएको हुनसक्ने बताएको छ । दावी गरिएको उक्त आक्रमणमा पत्रकार यम सियावाससहितको मृत्यु भएको छ ।

समाचार तयार पार्दासम्म आक्रमणको कुनै समूह वा व्यक्तिले जिम्मेवारी लिएको छैन । पत्रकार तथा अन्य दुई व्यक्तिलाई लक्षित गरी गराइएको विस्फोट स्थानीय स्तरमा नै निर्माण गरिएको वम रहेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि