जेठ ०३, २०८१, बिहीबार
               

जर्जियामा पनि बाइडेनले ट्रम्पलाई पछि पारे

नेपाल फ्ल्यास
कात्तिक २१, २०७७

ADVERTISEMENT

ऐतिहासिक रुपमै रिपल्बिकन राज्य जर्जिया र अघिल्लोपटक ट्रम्प विजयी पेन्सेल्भेनियामा झिनो मतान्तर  देखिएको छ । डेमोक्रयाट उमेद्धवार जोए बाइडेनले जर्जियाको मत गणनामा रिपब्लिकन उम्मेद्वार डोनाल्ड ट्रम्पलाई पछाडि पारेका छन् । एक प्रतिशतभन्दा कम मत गणना हुन बाँकी रहदा बाइडेनले ट्रम्पलाई पछाडि पारेका हुन् ।

बाइडेन ९ सय १७ मतले अगाडि बढेका छन् । जर्जियामा १६ इलेक्टोरल मत छ । राष्ट्रपतिमा निर्वाचित हुन बाइडेनलाई अब ६ इलेक्टोरल मत मात्र आवश्यक छ ।

अमेरिकाका ५० मध्ये पाँचवटा राज्यको मात्र मत परिणाम आउन बाँकी रहँदा बाइडेनले २ सय ६४ इलेक्टोरल मत प्राप्त गरेका छन् । कम्तीमा २ सय ७० इलेक्टोरल मत प्राप्त गर्ने उमेद्वार राष्ट्रपतिमा निर्वाचित हुन्छ ।

जर्जियामा सन् १९९२ यता डेमोक्रयाटले जित्न जित्न सकेका छैनन् । डेमोक्र्याट उमेद्वारका रुपमा बिल क्लिन्टनले सन् १९९२ मा अन्तिमपटक जर्जियामा जित हात पारेका थिए ।


कस्तो लाग्यो ?

यो पनि