वासिङटन । कोरोना भाइरसको महामारी चलिरहेका बेला होटलमा बस्नु सुरक्षित होला की नहोला ? अहिले धेरै मानिसलाई यो प्रश्नले सताइ रहेको पाइन्छ । अमेरिकी रोग नियन्त्रण तथा निवारण केन्द्रले यस बारेमा धारणा सार्वजनिक गर्दै स्पष्ट पारेको छ । उसका अनुसार कोरोनासँग सुरक्षित रहनका लागि होटलमा बस्नु भन्दा घरमा बस्नु नै सुरक्षित हुनेछ ।
‘यदी तपाई यात्रामा हुनुहुन्छ भने होटलमा बस्नु पर्ने बाध्यता हुनसक्छ,’ केन्द्रले भनेको छ । त्यसैगरी संयुक्त रुपमा भाडाको घरमा वा फ्ल्याटमा बस्ने भए पनि घरमै बस्नुभन्दा होटलमा बस्नु ठिक हुने केन्द्रको ठहर छ ।
तर, आफ्नै घर हो, फ्ल्याट पनि छुट्टै छ भने घरमै बस्न सुझाव दिने गरेको केन्द्रका अधिकारीहरुले बताएका छन् । सँगसगै खाने, सँगसगै सुत्ने वा शौचालय पनि साझा हुने होटल तथा लजहरु सवैभन्दा असुरक्षित हुने उनीहरुको भनाई छ ।
होटलमै बस्नु परेमा वा भाडाका ठाउँहरुमा बस्नु परेमा कम्तीमा ७२ घण्टाभन्दा पछाडि कोही बसेको छैन भन्ने सुनिश्चित गरेर मात्रै बस्न पनि केन्द्रका चिकित्सकहरुले सुझाव दिएका छन् । त्यसरी बस्नु अगाडि पर्याप्त सेनिटाइजेसन गर्न वा किटाणु मार्ने उपायहरु गर्न क्यालिफोर्निया विश्वविद्यालयका संक्रमण विज्ञ डा. नतास्चा टुज्नीकले जोड दिए ।
उनले धेरै छोइने तथा प्रयोग हुने ढोका, झ्याललगायतका ठाउँमा सावुन पानी वा अन्य सावुनजन्य पदार्थले सफा गर्न वा कोठामा हावा खेल्ने बनाउन पनि सुझाव दिए । भाडामा बसिएको कोठामा पनि होटलका कोठा भन्दा धेरै सफा, सुरक्षित र हावा धेरे खेल्ने हुन सक्ने पनि उहाँको भनाई छ ।
होटलमा बस्दा सवै सुरक्षाका उपायहरु के कत्तिको अवलम्बन गरिएको छ, सरसफाइको प्रक्रिया के छ, सामाजिक दुरी कायम गरिएको छ की छैन, साझा ठाउँ तथा सामग्रीहरुको प्रयोग भएको छ की छैन जस्ता विषयमा पनि ख्याल गर्न उनले आग्रह गरेका छन् ।