जेठ ०२, २०८१, बुधबार
               

मतमा अग्रता लिएका बाइडेनले संक्रमणकालीन वेबसाइट सार्वजनिक गरे

नेपाल फ्ल्यास
कात्तिक २०, २०७७

ADVERTISEMENT

राष्ट्रपति चुनावको मतगणना जारी रहँदा अग्रता लिएका डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले संक्रमणकालिन वेबसाइट सार्वजनिक गरेका छन् ।

राष्ट्रपति चुनाव जित्ने उम्मेदवारले ह्वाइट हाउसको जिम्मेवारी सम्हाल्ने तयारीका लागि संक्रमणकालीन समूह बनाउनुपर्छ ।

नोभेम्बरमा हुने चुनावमा निर्वाचित हुने उम्मेदवारले जनवरीमा राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नेछन् ।

अहिलेसम्म राष्ट्रपतिमा कुनै पनि उम्मेदवार विजयी भएको घोषणा भएको छैन । डेमोक्र्याटिक उम्मेदवार बाइडेन २५३ इलेक्टोरल मतसहित राष्ट्रपति ट्रम्पभन्दा अघि छन् । ट्रम्पको पक्षमा अहिलेसम्म २१३ मत पाएका छन् ।

दुवै उम्मेदवारले आफू विजयी हुने अपेक्षा रहेको बताएका छन् । ट्रम्पले बुधबार नै आफू विजयी भएको दाबी गरेका थिए ।

अग्रता लिएका बाइडेनले संक्रमणकालिन वेबसाइट सार्वजनिक गरेका छन् । उनले ‘ब्यूल्डब्याकबेटर’ नामको वेबसाइट सार्वजनिक गरेका हुन् ।

सो वेबसाइटमा देशले अहिले सामना गरिरहेको संकट गम्भीर रहेको र संक्रमणकालीन टिमले संकट समाधानका लागि तीव्र गतिमा काम गर्ने उल्लेख छ ।


कस्तो लाग्यो ?

यो पनि