मंसिर ०७, २०८१, शुक्रबार
               

अफगानिस्तानमा भएको विस्फोटमा ६ सर्वसाधारणको मृत्यु, १४ घाइते

नेपाल फ्ल्यास
कात्तिक १९, २०७७

ADVERTISEMENT

अफगानिस्तानको कुन्दुजमा भएको एक विस्फोटमा परी ६ जना सर्वसाधारणको ज्यान गएको छ । सो विस्फोटमा परेर अरु कम्तीमा पनि १४ जना नराम्ररी घाइते भएका बताइएको छ । बुधबार दिउँसो भएको विस्फोटको स्थानीय अधिकारी कुदरतुल्लाह साफीले पुष्टि गरेका छन् ।

कुन्दुजको खनावाद जिल्लामा भएको सो विस्फोट बुधबार दिउँसो १ बजे भएको थियो । सर्वसाधारण नागरिक बजारमा किनमेलका लागि गएको समयमा सो विस्फोट गराइएको थियो ।यो विस्फोट अफगानिस्तानमा सशस्त्र हिंसा गरिरहेका तालिबानहरुले गराएको बताइएको छ । तर यस विषयमा उनीहरुले भने केही भनेका छैनन् ।

पछिल्लो समयमा तालिबानीहरुले अमेरिकाको समन्वयमा अफगानिस्तानको सरकारसँग शान्ति वार्ता गर्ने सहमति गरेर वार्ता पनि सुरु गरेका थिए । उता कतारको राजधानी दोहामा सो वार्ता जारी नै रहेका बेला यता तालिबानीहरुले आक्रमण भने जारी नै राखेका छन् ।


कस्तो लाग्यो ?

यो पनि