जेठ ०६, २०८१, आइतबार
               

युएईका प्रधानमन्त्रीले लगाए कोरोनाविरुद्धको खोप

एजेन्सी
कात्तिक १९, २०७७

ADVERTISEMENT

एजेन्सी । युनाइटेड अरब इमिरेट्स (युएई) का रुलर तथा प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मख्तुमले कोभिड–१९ को खोप लिगाएका छन् ।

स्वास्थ्यकर्मीबाट खोप लिँदै गरेको तस्वीर प्रधानमन्त्री शेख मोहम्मदले ट्वीटर मार्फत सार्वजनिक गरेका छन् ।

उनले ट्विटरमा तस्विर सार्वजनिक गर्दै स्वास्थ्य टिम प्रति हार्दिकता व्यक्त गरेका छन् । 'म सबैलाई स्वास्थ्यलाभको कामना गर्छु । हाम्रा स्वास्थ्यकर्मीप्रति मलाई गर्व छ । यो खोपको पहुँच देशभर पुर्‍याइनेछ ।'

केही साताभित्रै युएईका कतिपय मन्त्रीहरुले पनि खोप लिइसकेका छन् । युएइले कोभिड–१९ का बिरामीको परिस्थिति बिचार गरी आपतकालीन प्रयोगका रुपमा खोप दिन थालेको जनाएको छ । तर कुन देश वा कम्पनीको खोप लगाइएको हो भन्ने स्पष्ट गरिएको छैन ।


कस्तो लाग्यो ?

यो पनि